कोरोनामुक्त हुनेले भने, ‘फर्केपछि विभेद पो सहनुपर्छ कि !’
अस्पतालमा राम्रो व्यवहार पाए पनि घर पुगेपछि के हुने हो भन्ने सन्देह उनीसँग बाँकी नै थियो । त्यसो त, भारतबाट आएपछि उनलाई भएको व्यवहार, कोरोना संक्रमण पुष्टि भएपछि परिवारले छिमेकमा सहनुपरेको विभेदजन्य व्यवहार सम्झेर उनी दिक्क देखिन्थे । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले ती पुरुषसहित डिस्चार्ज भएका १७ जनालाई अबिर लगाइदिए । कोरोना नेगेटिभको प्रमाणपत्र थमाइदिए । प्रमाणपत्र पाएपछि ती पुरुषले खुसी हुँदै दुई हात माथि उठाएर भने, ‘संसाद जितियो ।’
सबैजना छुट्टिने बेला उनले डा. आचार्यसँग सन्देह पोखे, ‘घर गइसकेपछि फेरि पहिला कोरोना लागेको भनेर छिछि दुरदुर गर्ने हुन् कि !’ डा. आचार्यले त्यस्तो व्यवहार गर्नेलाई कोरोनामुक्त भएको प्रमाणपत्र देखाइदिन सुझाए । उनले भने, ‘घर गएर केही दिन सामाजिक दूरी कायम गरेर बस्नुस्, केही हुँदैन ।’
शुक्रबार अस्पतालबाट एकैसाथ कास्कीका १० पुरुष र ४ महिला, पर्वत र गोरखाका १–१ पुरुष र स्याङ्जाकी एक महिला कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् । हाल अस्पतालको आइसोलेसनमा १६ जना कोरोना संक्रमित छन् ।
शुक्रबार साँझसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ६ पुगेका छन् । तीमध्ये १ सय १५ जना डिस्चार्ज भइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । (Source: ekantipur)
No comments:
Post a Comment
if you have any doubts, please let me know