Showing posts with label Health Related News. Show all posts
Showing posts with label Health Related News. Show all posts

Mental Health (मानसिक स्वास्थ्य)


मानसिक स्वास्थ्य

विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको केवल शरीरमा रोग नहुनु मात्र होईन शारीरिक, 
मानसिक र सामाजिक हिसाबले पूर्ण रुपमा स्वस्थ रहेको आवस्था हो| यसर्थ शारीरिक पूर्ण स्वस्थतामा 
मानसिक स्वास्थ्याको अती  महत्वपूर्ण स्थान छ । मानसिक स्वास्थ्य मानिसको शरीरका विभिन्न अंगहरू मध्ये 
मस्तिष्कसँग सम्बन्धित छ । मानसिक रूपमा मानिस स्वस्थ भएपछि मात्र उसको शारीरिक स्वास्थ्य 
सन्तुलित रहन गई निरन्तर प्रगति र विकासको बाटोमा आफूलाई अग्रसर गराउन सक्षम हुन्छ । 
मानसिक रूपमा स्वस्थ हुनका लागि व्यक्तिमा देहाय अनुसारका कुराहरू विद्यमान हुनुपर्दछ ।
·भावनात्मक द्वन्द्वबाट विचलित नहुने गुण भएको,
·समयानुकूल अगाडि बढ्न सक्ने क्षमता, उत्पादनशील र फलदायी कार्य गर्ने क्षमता, अर्थपूर्ण 
 जीवनयापन गर्न सक्ने क्षमता, अरू व्यक्तिसँग अर्थपूर्ण सम्बन्ध राख्ने र निरन्तरता दिन सक्ने
 क्षमता भएको,
·कुनै प्रकारको मानसिक रोगको खास लक्षण नभएको ।
 

कोरोना भाइरस भारत: अगस्ट १५ सम्ममा कोभिड-१९ विरुद्धको खोप तयार 'हुन सक्ने'

कोरोना भाइरस भारत: अगस्ट १५ सम्ममा कोभिड-१९ विरुद्धको खोप तयार 'हुन सक्ने'

भारतीय चिकित्सा अनुसन्धान परिषद् आईसीएमआरले कोरोनाभाइरसविरुद्धको खोप अगस्ट महिनाको १५ तारिखसम्म सर्वसाधारणका लागि उपलब्ध हुन सक्ने बताएको छ।


परिषद्ले खोपको परीक्षणमा संलग्न संस्थाहरूलाई पत्र लेखेर यस्तो जानकारी गराएको हो।

भारतमा विकास भइरहेको उक्त खोप आईसीएमआर र हैदराबादस्थित भारत बायोटेक कम्पनी मिलेर बनाइरहेका छन्।

क्लीनीकल परीक्षण पूरा भएमा अगस्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवसको अवसर पारेर यो खोप सर्वसाधारणहरूका लागि उपलब्ध गराउन सकिने आईसीएमआरको भनाइ छ।

के खानेकुराले तपाइँको यौन जीवन सुधार्न सक्छ?

के खानेकुराले तपाइँको यौन जीवन सुधार्न सक्छ?



यदि कुनै एउटा खास खानेकुराले मानिसको यौनशक्ति वा यौन आनन्द बढाइदिने प्रमाण फेला परेमा त्यो हातहातै विक्री हुन्थ्यो होला।

सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाइँको यौन जीवन राम्रो बनाइदिन सक्छन्। तर के कुनै खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौनशक्तिवर्द्धक छ?

जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गराउँछ तिनमा वास्तवमा स्वस्थ यौन इच्छासँग सम्बन्धित तत्व पनि हुन्छन्।

तिनलाई बरोबर यौनवर्द्धकको रूपमा समेत प्रस्तुत गरिन्छ।

यस्ता दाबीका पछाडि रहेका इतिहास तथा विज्ञान एकपटक जानौँ। के कुनै विशेष खाना छ जसले यौन जीवन सुधारिदिन्छ?

ओयस्टर खाएर हुन्छ कि?

शायद इतिहासकै सबभन्दा प्रख्यात प्रेमी क्यासानोभाले बिहानी नास्तामा ५० वटा ओयस्टर खान्थे भनिन्छ।

तर ओयस्टर सेवन र यौनशक्तिबारे कुनै प्रमाणित सम्बन्ध पाइँदैन। त्यसोभए यो हल्ला कहाँबाट चल्यो त?

किम्वदन्ती अनुसार ग्रीक प्रेमकी देवी एफ्रोडाइटको उत्पत्ति सेतो फिँजबाट भएको थियो र उनी समुन्द्रबाट निस्किएकी थिइन्। त्यसैले समुन्द्री खानेकुरा यौनवर्द्धक मानिन्छन्।

तर जे होस् ओयस्टर खान रुचाउनेहरूका लागि खुसीको खबर के छ भने यी महँगा मोलस्क जातीका प्राणीहरूमा प्रशस्त जींक तत्व पाइन्छ जुन् टेस्टोस्टेरोन उत्पादनमा अत्यावश्यक हुन्छन्।

साथै अनुसन्धानहरूका अनुसार जींकले पुरुषको नपुंसकताको उपचार गर्न तथा वीर्यको गुणस्तर सुधार्न सहयोग पुर्‍याउँछ भन्ने देखाएका छन्।

जींकका अन्य स्रोतहरूमा शेलफिस, रातो मासु, बियाँ (उदाहरणका लागि फर्सीको बियाँ वा तील), काजु, हाडे बदाम, चना, राजमा, दूध तथा चीज पर्छन्।

के डार्क चकलेटले तपाइँलाई राम्रो प्रेमी बनाउँछ?


अनुसन्धानकर्ताहरूका अनुसार डार्क चकलेट खाँदा प्रेममा परेको जस्तै किसिमको आनन्द अनुभव हुन्छ किनकि त्यसमा 'प्रेम रसायन' फिनाइलइथाइलामाइन (पीइए) हुन्छ।

कसैसँग प्रेमसम्बन्धमा पर्दाका सुरुवाती समयमा सञ्चार हुने पीइएले शरीरमा आनन्द अनुभव गराउने डोपामाइन नामक हर्मोन पनि निष्कासन गराउँछ।

साथै, मस्तिष्कको आनन्दसम्बन्धी केन्द्रलाई पनि यसले सक्रिय बनाउँछ।

तर चकलेटमा निकै कम मात्रामा मात्र पीइए हुन्छ।

कोकामा ट्रिप्टोफान नामक एमिनो एसिड पनि हुन्छ जसले रक्तसञ्चार तथा सेरोटोनीनको (आनन्दको अनुभूतिसँग जोडिएको अर्को हर्मोन) स्तर बढाइदिन्छ।

त्यसोभए कहिलेदेखि चकलेट र यौनबीचको सम्बन्ध गाँसियो? शायद १६ औँ शताब्दीतिर हुनुपर्छ।

हेर्नान कोर्टेस १६ शताब्दीका एक स्पेनी कंक्विस्टेडर (अमेरिकी महादेशका भूभाग कब्जा गर्न खटाइएका लडाकू) थिए जो माया तथा एज्टेक साम्राज्यहरूमा पुगे।

हाल मेक्सिको रहेको सम्पूर्ण जसो भूभाग कब्जा गरेर उनले क्यास्टिल साम्राज्यको अधिनमा ल्याए।

चकलेटको सम्पर्कमा आउने पहिलो युरोपेली उनै भएको ठानिन्छ।

उनले स्पेनका राजालाई लेखेको पत्रमा आफूले स्थानीय माया समुदायका मानिसहरूले कोकाको झोल खाने गरेको देखेको र त्यसले 'प्रतिरोध क्षमता बढाइदिने र थकान हटाउने' उल्लेख गरेका छन्।

तर निश्चित रूपमै चकलेटको प्रयोग यौनवर्द्धक ओखतीको रूपमा भएको प्रमाण भने छैन।

ट्रिप्टोफानका अन्य स्रोतहरू: सालमन माछा, अण्डा, कुखुरा, पालुङ्गोको साग, बियाँ, काजुकिसमिस तथा भटमास।

के खुर्सानीले तपाइँको यौन जीवन रङ्गिन बनाउँछ?


पिरो खुर्सानीमा क्याप्साइसीन हुन्छ जसले इन्डर्फिन तत्व (उही आनन्द अनुभूति गराउने तत्व) को निष्कासन सक्रिय पार्छ।

खुर्सानीले शरीरभित्रका अत्यावश्यक रासायनिक क्रियाको गति एवं शरीरको तापक्रम र मुटुको चाल बढाइदिन्छ।

यौनक्रियाका बेला पनि त्यस्तै हुन्छ।

रक्सीले सघाउँछ कि उल्टो असर पार्छ?


रक्सीले लाज वा सङ्कोच कम गराइदिन्छ, तर म्याक्वेथले लठ्ठिएको बेलामा भनेको जस्तै यसले 'इच्छा जगाउँछ तर प्रदर्शन खुम्च्याउँछ।'

महिला तथा पुरुष दुवैमा धेरै रक्सी पिउनाले संवेदनशीलता हराउँदै जान्छ।

लामो समयसम्म रक्सी सेवन गरिराखे त्यसले यौन इच्छा कम गराइदिनुका साथै नपुंसकता समेत निम्त्याइदिन सक्छ।

साथै रक्सीको दुर्गन्धले यौन उत्तेजना पक्कै ल्याउँदैन।

यौनवर्द्धक के हुन्?

यौनवर्द्धक वस्तुलाई खासगरि तीन वर्गमा बाँड्न सकिन्छ - यौनशक्ति, यौनइच्छा तथा यौन आनन्द बढाउने खालका।

यिनले मानिसमा सफल काम गरेको भनेर नाप्न कठिन हुनाका कारण कुनैको पनि वैज्ञानिक प्रमाण फेला पर्न सकेको छैन।

वास्तवमा हालसम्म एउटा मात्र यौनवर्द्धक वस्तुको प्रमाण फेला परेको छ।

त्यो भनेको पाकेको वा कुहिएको फलफूलको गन्ध हो र त्यसले फ्रुटफ्लाइ नामक जीवमा यौनवर्द्धकको काम गर्छ।

यौनस्वास्थ्य विज्ञ डाक्टर क्रिचमान भन्छन् मानिसहरूले यौनवर्द्धक भनेर खान्छन् किनभने उनीहरूले त्यसले काम गर्छ भनेर विश्वास गर्छन्। र, यदि कसैमा केहीले काम गर्‍यो भने त्यसमा कारण किन खोजिरहनु?

यौनवर्द्धकको रूपमा परिचित कैयौँ खानेकुरा वास्तवमै स्वस्थ खानेकुरा हुन्।

तर कुनै बिरुवाबाट निकालिएको वा कुनै वस्तुबारे स्वास्थसुरक्षाको आँकडा प्राप्त छैन भने तिनबाट जोगिनु नै बेस हुनेछ।

चामत्कारिक ओखती भनेर दाबी गरिएका चीजबाट पनि टाढै रहनु राम्रो।

अन्य कारण

यदि तपाइँमा यौनइच्छाको कमी छ भने सम्भवत: तपाइँमा अन्य स्वास्थ्य समस्या भएको हुन सक्छ।

यसबारे चिकित्सकसँग परामर्श लिनु जाती हुनेछ।

(Source: BBC Nepali)

कोरोनामुक्त हुनेले भने, ‘फर्केपछि विभेद पो सहनुपर्छ कि !’

कोरोनामुक्त हुनेले भने, ‘फर्केपछि विभेद पो सहनुपर्छ कि !’


पोखरा — पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनबाट पोखरा–२७ का ५९ वर्षीय पुरुष फूर्तिलो हुँदै निस्किए । उनी आइसोलेसनमा बसेको १८ दिनपछि शुक्रबार कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् । आइसोलेसन अघि उनी एक साता क्वारेन्टाइनमा बसेका थिए ।

अस्पतालमा राम्रो व्यवहार पाए पनि घर पुगेपछि के हुने हो भन्ने सन्देह उनीसँग बाँकी नै थियो । त्यसो त, भारतबाट आएपछि उनलाई भएको व्यवहार, कोरोना संक्रमण पुष्टि भएपछि परिवारले छिमेकमा सहनुपरेको विभेदजन्य व्यवहार सम्झेर उनी दिक्क देखिन्थे । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले ती पुरुषसहित डिस्चार्ज भएका १७ जनालाई अबिर लगाइदिए । कोरोना नेगेटिभको प्रमाणपत्र थमाइदिए । प्रमाणपत्र पाएपछि ती पुरुषले खुसी हुँदै दुई हात माथि उठाएर भने, ‘संसाद जितियो ।’

सबैजना छुट्टिने बेला उनले डा. आचार्यसँग सन्देह पोखे, ‘घर गइसकेपछि फेरि पहिला कोरोना लागेको भनेर छिछि दुरदुर गर्ने हुन् कि !’ डा. आचार्यले त्यस्तो व्यवहार गर्नेलाई कोरोनामुक्त भएको प्रमाणपत्र देखाइदिन सुझाए । उनले भने, ‘घर गएर केही दिन सामाजिक दूरी कायम गरेर बस्नुस्, केही हुँदैन ।’

शुक्रबार अस्पतालबाट एकैसाथ कास्कीका १० पुरुष र ४ महिला, पर्वत र गोरखाका १–१ पुरुष र स्याङ्जाकी एक महिला कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् । हाल अस्पतालको आइसोलेसनमा १६ जना कोरोना संक्रमित छन् ।

शुक्रबार साँझसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ६ पुगेका छन् । तीमध्ये १ सय १५ जना डिस्चार्ज भइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । (Source: ekantipur)

शारीरिक गतिविधिको अभावमा मृत्युदर बढ्दो–अध्ययन

शारीरिक गतिविधिको अभावमा मृत्युदर बढ्दो–अध्ययन



द लान्सेट ग्लोबल हेल्थमा प्रकाशित एक नयाँ अध्ययनअनुसार विश्वभरमा हरेक वर्ष कम्तीमा ३ दशमलव ९ मिलियन अर्थात् ३९ लाख व्यक्तिको मृत्यु समयभन्दा अगाडि नै हुने गरेको छ । रोग वा शारीरिक समस्याका कारण उनीहरू पूरा आयु बाँच्न पाउँदैनन् । आखिर किन यतिका मानिसको मृत्यु समयअघि नै हुन्छ ?

बेलायतका एडिनबर्ग विश्वविद्यालयका शोधकर्ता डा. पाल केलीले भनेका छन्, ‘यस कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ कि खराब जीवनशैली, शारीरिक गतिविधिको कमी, खराब आहार, मदिरापान, धुम्रपानले स्वास्थ्यलाई कमजोर बनाउँदैछ ।’ खासगरी खराब जीवनशैलीकै कारण अहिले धेरैजसो रोगी भएका छन् र समय अगावै हुने मृत्युदर कहालीलाग्दो ढंगले बढ्दो छ ।

उनीहरूको यस अध्ययनमा के पाइयो भने जो व्यक्ति शारीरिक रुपले सक्रिय छन्, उनीहरूको मृत्युको अनुपात कम थियो ।

अध्ययन टोलीले १ सय ६८ मुलुकको यसअघि नै प्रकाशित आँकडालाई मूल्याङ्कन गरेको थियो । आँकडा विश्लेषणबाट उनीहरूले के पाए भने, जुन व्यक्ति शारीरिक गतिविधिमा सक्रिय छन् उनीहरूमा समयभन्दा अगाडि नै मृत्यु हुने जोखिम कम थियो । शारीरिक रुपमा सक्रिय हुनेहरूमा समयअघि नै मृत्यु हुनेको संख्या औसत १५ प्रतिशत कमी थियो । यसमा महिलाको संख्या १४ प्रतिशत र पुरुषको १६ प्रतिशत थियो । यसको अर्थ शारीरिक गतिविधि वा व्यायामले प्रतिवर्ष लगभग ३ दशमलव ९ प्रतिशत अर्थात् ३९ लाख व्यक्तिको जीवन बाँच्छ ।

निष्कर्षमा के पनि देखियो भने कम आय भएका मुलुकमा यो औसत १८ प्रतिशत र उच्च आय हुने देशका लागि औसत १४  प्रतिशत थियो ।  ब्रिटेनका क्याम्ब्रिज विश्वविद्यालयको स्टडी रिसर्चर टेसा स्ट्रेनले भनेका छन्, ‘चाहे त्यो खेल होस् वा जिम या त तीव्र रुपमा हिँड्नु नै । यसले समयभन्दा अघि हुने मृत्युदर रोक्न सहयोग गर्नेछ ।’

विश्व स्वस्थ्य संगठनले सातामा कम्तीमा १५० मिनेट मध्यम–तीव्रतायुक्त एरोबिक गतिविधि गर्न सुझाव दिएको छ । वा ७५ मिनेट जोडदार–तीव्र शारीरिक गतिविधि गर्न सिफारिस गरेको छ। (Source: onlinekhabar)

विकल्पमा सुतीको मास्क

विकल्पमा सुतीको मास्क


सुतीको तीन तहको पातलो कपडा सिलाएर बनाइएको मास्क कोरोना भाइरसको प्रसारलाई रोक्न उपयोगी हुने विशेषज्ञहरूको भनाइ

काठमाडौँ — बजारमा गुणस्तरहीन मास्क बिक्रीवितरण भइरहेका बेला विशेषज्ञहरूले कपडाको तीन तह भएको मास्क कोरोना भाइरसको प्रसारलाई रोक्न उपयोगी हुने बताएका छन् । ग्रामीण क्षेत्रमा सर्जिकल मास्क पाउन मुस्किल हुने भएकाले कपडाको मास्क लगाउन सकिने उनीहरूको सुझाव छ ।

‘कोरोनाविरुद्धको लडाइँमा फेस मास्क धेरै महत्त्वपूर्ण छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘घरबाहिर अत्यावश्यक कामले निस्किँदा सबैले अनिवार्य रूपमा मास्क लगाउनुहोला भनिरहेका छौं ।’ घरमै नेपाली थैली बनाएझैं सुती कपडाको तीन तहको पातलो कपडा सिलाएर मास्क बनाउन सकिने उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको प्रसारलाई रोक्न र जीवन बचाउने उपायको रणनीतिको एक अंगका रूपमा मास्क प्रयोग गर्नुपर्छ । भीडभाडमा २ मिटर अर्थात् करिब ६ हात टाढाको दूरी कायम गरी मास्क लगाए जोखिमबाट बच्न सकिन्छ ।

‘संक्रमित व्यक्तिको मुख र नाकबाट निस्किने पानीको थोपाबाट कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ, यसैले खोप नआएसम्म मास्क लगाउनु अत्यावश्यक छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले मास्क लगाउने तरिकाबारे भने, ‘नाक, मुख र चिउँडो छोप्दै मास्कलाई अनुहारमा लगाउनुपर्छ । मुख र मास्कबीच कुनै खाली ठाउँ छोड्नुहुन्न ।’ उनका अनुसार एन ९५, सर्जिकललगायतका मास्क मात्र नभई सुती कपडाको तीन तहबाट बनेको मास्क सही तरिकाले उपयोग गर्दा अधिकतम सुरक्षित हुन सकिन्छ ।

अमेरिकन केमिकल सोसाइटीद्वारा प्रकाशित एक अध्ययनअनुसार कपडाको मास्कलाई अतिरिक्त तह जोड्दा त्यसले ‘वायुवाहक’ कणलाई अवरुद्ध गर्छ । ‘एकपटक उपयोग गर्नुपर्ने मास्क बढी पटक लगाउनुभन्दा सुरक्षित सुती कपडाको मास्क दिनहुँ धोएर पुन: प्रयोग गर्नु धेरै राम्रो हो,’ डा. अधिकारीले भने, ‘खुकुलो मास्क लगाउनु हुँदैन, बोल्न लाग्दा धेरैजसोले मास्क निकाल्ने गरेका छन्, यसले झन् संक्रमणको जोखिम बढाउँछ । मास्क लगाएपछि तपाईंको चस्मामा बाफ नजाने हुनुपर्‍यो ।’

एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित अध्ययनअनुसार सुती कपडाको थुप्रै तहले निर्मित मास्कले खोक्दा, हाच्छिउँ गर्दा हावामा जाने पानीको स–साना थोपालाई अवरुद्ध बनाइदिन्छ । जसले कोरोना भाइरस फैलिने खतरा कम हुन्छ । कपडाको मास्कलाई दिनहुँ साबुनपानीले धोएर घाममा सुकाएपछि सम्भव भए इस्त्री गरेर लगाउनु सबैभन्दा राम्रो हुने डा. पाण्डे बताउँछन् ।

(Source: ekantipur)

Contraceptive use down across country

Contraceptive use down across country




The number of people using contraceptives has dropped nationwide since the coronavirus pandemic began in the country in January.

With repeated extensions of the lockdown, the rate of contraceptive use has been falling.

Modern methods of family planning include male and female sterilisation, injectables, intrauterine devices, contraceptive pills, implants, male condoms, lactational amenorrhoea and emergency contraception.

According to data provided by Family Welfare Division, under the Department of Health Services, there has been a drastic decline in the use of contraceptives.

As the use of contraceptives has declined in the country there are high chances of unplanned pregnancies.

There will be a rise in unsafe abortions and maternal deaths, health experts warn.

“Many are hesitant to attend a clinic or a health facility due to fears of COVID-19 . Also the supply chain of contraceptives has not been maintained. This is why there has been a decline in the use of contraceptives,” said Naresh Pratap KC, former director at Family Welfare Division.

Many clinics, general practices and health facilities have also been closed because of the lockdown.

“There is a chain reaction of unmet needs, unintended pregnancies, unsafe abortions and hundreds of maternal and newborn deaths when family planning services are halted,” said Kabita Aryal, chief of Family Planning and Reproductive Health unit at

Family Welfare Division, under the Department of Health Services.

(Source: thehimalayantimes)

योग र ध्यान गर्नेबित्तिकै अनुभव गर्न सकिन्छ यस्तो परिवर्तन

योग र ध्यान गर्नेबित्तिकै अनुभव गर्न सकिन्छ यस्तो परिवर्तन

तपाईंको उमेर जतिसुकै होस् । तपाईंको अवस्था जस्तोसुकै होस् । योग गर्नका लागि कुनै छेकबार छैन । जहाँ पनि, जहिले पनि तपाईंले योगलाई आफ्नो दैनिकीको हिस्सा बनाउन सक्नुहुन्छ ।

हामीकहाँ योगको अभ्यास सदियौंदेखि हुँदै आएको छ । हाम्रा पूर्खाहरूले यसको अभ्यास, विकास र विस्तार गरे । आजको दिनमा भने योगको महिमा र महत्वलाई हामीले भुल्दै गएका छौं ।

जीवनको उद्देश्य भनेको नै जीवन जिउने सर्वोत्तम तरिका बुझ्नु हो । योगको सुत्रधार महर्षि पतञ्जलीलाई मानिन्छ। उनले योग अभ्यासको विधिहरू पहिल्याएका थिए । साथै, आफैँमाथि सफल अभ्यास गरेका थिए । उनी एक योगी तथा एक ज्ञानी थिए, जो इशापूर्व पाँचौं शताब्दीअघि जन्मिएको मत पनि पाइन्छ ।

उनले योगीको जीवन र अभ्यासको जानकारी जम्मा गरे र त्यसलाई विस्तार गरे । उनले योग सूत्र लेखे, खासमा उनी योगको प्रमाण, चेतना र मानवीय परिस्थितीको सूत्र हुन् । विज्ञहरू भन्छन्, योग ब्रह्मान्ड जतिकै प्राचीन हो । योगको उद्देश्य जीवनलाई साँचो रुपमा बुझ्नु हो । साथै, आफूलाई जीवन र मृत्युको चक्रबाट अलग गर्नु पनि हो ।

संस्कृतमा योग शब्दको अर्थ जोड्नु वा मिलाउनु हो । स्वय‌ंलाई जान्नु हो ।

योगको अनेकन फाइदा छन् । शारीरिक फाइदा छ, मानसिक फाइदा छ, आत्मिक फाइदा छ । अर्थात् समग्र र सम्पूर्ण रुपमा हाम्रो शरीर यसबाट लाभान्वित हुन्छ। योगसुरु गर्नसाथ हामीले केही परिवर्तन अनुभव गर्न सक्छौं । जस्तो आज तपाईं बिहान उठेर केही क्षण योग गर्नुभयो । तपाईंमा एक किसिमको ऊर्जा र उमङ्गको अनुभव हुन्छ । शरीर फुर्तिलो र चुस्त लाग्नेछ।

अहिले धेरैजसो मानसिक रोगले ग्रस्त छन् । मानसिक विकार बढेको छ । डिप्रेसन, चिन्ताजस्ता समस्याले धेरैलाई सताएको छ। उनीहरू यस्तै मानसिक विकार हटाउन योग गरिरहेका छन् । मनको शुद्धीकरणको माध्यमको रुपमा योगलाई अपनाएको छन् ।

योग गरेपछि मनका बेचैनी, तनाव पनि हराएको अनुभव हुनेछ । योगले हाम्रो तनाव, चिन्ताको स्तर घटाइदिन्छ। मनमा सकारात्मक भाव पैदा हुन्छ । एकदिन मात्र योग गर्दा पनि त्यसबाट कुनै न कुनै सकारात्मक परिवर्तनको अनुभव हामीले गर्न सक्छौं ।

एक पटक सही र समुचित ढंगले योग गरिसकेपछि यसलाई निरन्तर रुपमा अपनाउन मन लाग्छ। नियमित रुपले योग गरिरहँदा शरीर लचिलो, फुर्तिलो, तन्दुरुस्त अनुभव हुनेछ । मन चङ्गा हुनेछ । यससँगै योग र व्यायामले दीर्घकालीन रुपमै निरोगी र तन्दुरुस्त बनाइराख्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

त्यसो त योगले क्यान्सरजस्ता कतिपय घातक रोगको सम्भावित जोखिमबाट मुक्त राख्छ । 

(Source: onlinekhabar)


इटालीका डाक्टर भन्छन् – कोरोना भाइरस आफैं हराउँछ


इटालीका डाक्टर भन्छन् – कोरोना भाइरस आफैं हराउँछ






इटालीका एक संक्रामक रोग विशेषज्ञ डाक्टरले कोरोना भाइरस (कोभिड-१९) कुनै खोप नबनेपनि आफैँ हराउने दाबी गरेका छन् । टेलिग्रााफले उल्लेख गरे अनुसार सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज क्लिनिकका प्रमुखस डाक्टर माटेओ बसेटीले कोरानेा भाइरस अहिले पहिलाको तुलनामा कम जोखिमपूर्ण बनेको र यो अबको केही समयमा आफैं हराएर जाने दाबी गरेका हुन् ।

बसेटीका अनुसार मार्च र अपि्रलको शुरुको तुलनामा अहिलेको अवस्था निकै फरक बनिसकेको छ । उक्त समयमा मानिसहरुलाई यो रोगले निकै च्याप्ने गरेको उनको भनाइ छ । त्यतिबेला यो बिरामीलाई सम्हाल्न निकै कठिन हुने अवस्था देखिएको थियो र मानिसहरुलाई अक्सिजन र भेन्टिलेसनमा राख्नुपर्ने अवस्था देखिएको थियो । जसमध्ये केहीमा निमोनियाको समस्या पनि देखिएको थियो ।

पछिल्लो एक महिनामा भने कोरोना भाइरसका बिरामीको प्रकृति परिवर्तन भएको बसेटीको भनाइ छ । ‘मार्च र अप्रि लमा यो एक आक्रामक सिंहजस्तो देखिएको थियो तर अहिले यो एक बनबिरालो जस्तो देखिएको छ’, उनले भने ‘८० वा ९० वर्षका बिरामीहरु पनि अहिले बेडमा बसिरहेका छन् र श्वासप्रश्वासको लागि कुनै सहयोगको आवश्यकता पनि परेको छैन ।’

कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन गर्ने, मास्क लगाउने, भौतिक दुरी कायम राख्नेजस्ता सुरक्षाका उपायहरुको कारण कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गरेको हुन सक्ने उनको भनाइ छ ।

बसेटीले शोधकर्ताहरुले खोप विकास गर्नुभन्दा पहिला नै कोरोना भाइरस हराउन सक्ने पनि उल्लेख गरेका छन् ।

यद्यपि अन्य विशेषज्ञहरुले भने यो भाइरस पूर्णरुपमा हराउन केही वर्ष लाग्न सक्ने बताएका छन् । ‘मलाई यति छिटै कोरोना भाइरस हराउँछ जस्तो लाग्दैन’, बेलायतको युनिभर्सिटी अफ एक्सेटर मेडिकल स्कुलका प्राध्यापक भरत पंखानियाले बताए ।

त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि कोरोना भाइरसको कारण अहिले झन् धेरै मानिसहरुको मृत्यु भइरहेको बताएको छ । डब्ल्यूएचओले अहिलेसम्म कोरोना भाइरसको स्वरुप परिवर्तन भएको पनि बताएको छैन । डब्ल्यूएचओले बसेटीको दाबीलाई पुष्टि गर्ने किसिमको कुनै पनि स्पष्ट अनुसन्धान नभएको बताएको छ ।

डब्ल्यूएचओको हेल्थ इमर्जेन्सिजका निर्देशक डाक्टर माइकल रयानले अहिलेसम्म कोरोना भाइरस कमजोर बन्दै गएको वा स्वरुप परिवर्तन गरिरहेकेा भन्ने दाबीलाई पुष्टि गर्ने डेटाहरु नपाइएको बताएका छन् ।

(Source: onlinekhabar)

सात्विक भोजन : दीघार्यु र निरोगी जीवनका लागि

आयुर्वेद अनुसार खानालाई तीन भागमा वर्गिकरण गरिएको छ– सात्विक, राजशी र तामासिक । सात्विक भोजन सबैभन्दा श्रेष्ठ मानिन्छ । सात्विक भोजन एक योगिक आहार संरचना हो, जसमा सबै पौष्टिक आहार सामेल हुन्छ । यो पौष्टिक हुनका साथै सुपाच्य हुन्छ । ताजा, स्वादिलो, सुपाच्य र सन्तुलित हुन्छ ।

यस किसिमको खानाले शरीरलाई स्वस्थ्य राख्छ, मनलाई पनि प्रशन्न राख्छ ।

सात्विक आहारमा सत्व गुणको प्रधानता हुन्छ । योग एवं आयुर्वेदमा भनिएको छ कि, सात्विक आहारले मान्छेको जीवन सात्विक हुन्छ । यौगिक र सात्विक आहारको श्रेणीमा यस्तो भोजन सामेल गरिएको छ जसले व्यक्तिको मन र तन शुद्ध, शक्तिवद्धृक, स्वस्थ र प्रशन्नताले भरिपूर्ण हुन्छ । सात्विक भोजन आयुर्वेदको प्राचिन नियममा आधारित छ, जुन सामान्य वा पारम्पारिक विधीबाट तयार गर्न सकिन्छ ।

गीतामा भगवान कृष्णले सात्विक, राजसी र तामासी आहारको सुस्पष्ट व्याख्या गरेका छन् । साथै यी आहारले शरीर र मनमा कसरी प्रभाव पार्छ भन्ने कुराको पनि स्पष्ट विवेचना गरिएको छ । आत्मिक प्रगति चाहने वा साधना मार्गमा हिँड्नेले सात्विक आहार नै अपनाउनुपर्ने निर्देशन दिइएको छ ।

सात्विक आहार एक उच्च फाइबर, कम बोसोयुक्त खाना, शाकाहारी भोजन हो, जसलाई योगीको खानपान र जीवनशैलीसँग जोडिएको छ । सात्विक शब्दको अर्थ ‘शुद्ध सार’ हो । आयुर्वेदमा सात्विक खानालाई शुद्ध र सन्तुलित मानिन्छ । यस किसिमको खाना सेवन गर्नाले दीर्घायु, तन्दुरुस्ती, निरोगी जीवन प्राप्त हुन्छ । मनमा खुसी एवं मानसिक रुपले पनि शान्ति प्राप्त हुन्छ ।

सात्विक आहार सुक्ष्म पोषक तत्वले भरिपूर्ण हुन्छ । सात्विक आहारको तालिकामा निम्न खानेकुरा समावेश गर्न सकिन्छ ।

–मह वा हर्वल चिया

–मौसमी सागसब्जी

–अंकुरित गेडागुडी

–ताजा फलको रस

–ताजा एवं मौसमी फलफूल आदि ।

आयुर्वेदमा सात्विक आहारमा तारेको, भुटेको, मासुजन्य, बोसोजन्य, मसलेदार, बासी, क्याफिन जस्ता उत्तेजक खानेकुरा बर्जित छ । पूर्णत सात्विक आहार लिन नसकेपनि बिहानदेखि साँझसम्मको खानामा यस्तो सन्तुलन मिलाउन सकिन्छ, जसले हामीलाई स्वस्थ्य राख्छ ।

बिहान हर्बल चिया

बिहान उठेपछि हामीमध्ये धेरैले दुधको चिया वा कफी पिउने गर्छौं । तर, यस्तो पेयले स्वास्थ्यलाई राम्रो गर्दैन । त्यसैले बिहान तुलसीको पात, मोरिंगा चिया आदि पिउनु लाभदायक हुन्छ । कागती पानीमा मह मिसाएर सेवन गर्नु पनि राम्रो हुन्छ । त्यसैले दुध चिया वा कफीको विकल्पमा यस्तो पेय पदार्थ पिउने गरौं ।

नास्तामा जौले बनेको परिकार

बिहानको नास्तामा जौबाट बनेको खानेकुरा सेवन गर्न सकिन्छ । यो बिटा ग्लुकन घुलनशिल फाइबर हो, जो पेटका लागि फाइदाजक हुन्छ । जौले शरीरमा ग्लुकोजको स्तर नियन्त्रण गर्छ र तौल बढ्न पनि दिदैन ।

दिनको खानामा ताजा सागसब्जी

सात्विक आहार अनुसार दिनको खानामा प्रोटिनयुक्त खानेकुरा खानुपर्ने बताइन्छ । यसमा ताजा सागसब्जी, तोफु, दाल, पनिर, सलाद खान सकिन्छ । यी खानेकुरा हल्का त हुन्छ नै यसले शरीरलाई भरपुर उर्जा पनि दिन्छ ।

फलफूल वा जुस

मध्यन्हको नास्तामा मौसमी फलफूल सेवन गर्न सकिन्छ । अमला लगायतका फलफूल अरु उपयुक्त हुन्छ । साथै फलफूलको ताजा जुस पनि सेवन गर्न सकिन्छ ।

रातको खाना हल्का र थोरै

आयुर्वेद अनुसार रातको खाना सूर्योअस्त अघि नै गर्नुपर्छ । साथै रातको खाना थोरै र हल्का हुनुपर्छ । खाना खाएको दुई वा तीन घण्टापछि मात्र सुत्नुपर्छ । राती खाना खाइसकेपछि एकछिन टहल्नु राम्रो हो । सुत्नुअघि दुध र बेसार मिश्रण गरेर पिउँदा लाभदायक हुन्छ । (Source: onlinekhabar)

यस्तो अवस्थामा पनि रहन सक्छ गर्भ, ख्याल राख्नुपर्ने कुरा

धेरैजसो महिलाको मासिक स्रावको चक्र २८ दिनको हुन्छ । २८ दिनको हाराहारीमा मासिक स्राव हुन्छ । यसमा ओभ्युलेसन अर्थात् डिम्बोत्सर्जन प्रक्रिया २८ दिनको मासिक चक्रका बीच १४ औं दिनमा सुरु हुन्छ । यसमा पहिलो दिन २४ घण्टासम्म अण्ड जीवित रहन्छ । त्यसैगरी स्पर्म ५ देखि ७ दिनसम्म जीवित रहन सक्छ । यस प्रक्रियाको हिसाबअनुसार ओभ्युलेसन प्रक्रिया सबैभन्दा बढी सक्रिय १३ औं, १४ औं, १५ औं र १६ औं दिनको हुन्छ।

धेरैजसो महिलालाई लाग्छ कि मासिक स्राव भएको बखत यौन सम्पर्क राख्नु सुरक्षित हुन्छ। कन्डम वा यस्तो कुनै पनि सुरक्षात्मक विधि नअपनाए पनि गर्भ रहँदैन । तर के यो सही होला ?

मासिक स्रावको क्रममा गर्भ रहँदैन भन्ने जुन धारणा छ, त्यो आफैँमा सही छैन । कुनै सुरक्षा नअपनाई गरिने यौन सम्पर्कले गर्भ रहने खतरा रहन्छ, मासिक स्रावकै बेला पनि । यद्यपि यस्तो सम्भावना भने न्युन मात्रामा हुन्छ । स्त्री रोग तथा प्रसूति विशेषज्ञहरूका अनुसार मासिक स्रावको बेला गरिने यौन सम्पर्कका कारण एकदेखि १५ प्रतिशतसम्म गर्भ रहने सम्भावना हुन्छ ।

यस्तो हुन्छ प्रक्रिया

यस कुरालाई यसरी बुझ्न सकिन्छ । अण्डाशयबाट अण्डा निस्कने प्रक्रियालाई ओभ्युलेसन अर्थात् डिम्बोत्सर्जन भनिन्छ । डिम्बवही नली हुँदै अन्ड युट्रेस अर्थात् गर्भाशयमा पुग्छ । डिम्बवही नली त्यही स्थान हो, जहाँ स्पर्मको सम्पर्कमा आएर अन्ड फर्टिलाइज हुन्छ । यदि गर्भधारण भएन भने अण्ड रक्तस्रावको रुपमा शरीरबाट बाहिर निस्कन्छ । जसलाई पिरियड वा मासिक स्राव भनिन्छ ।

छोटो मासिक चक्र भएका महिलाहरूले ख्याल राख्नुपर्ने कुरा

क्हिले काही मासिक स्रावको चक्र छोटो हुन्छ । यदि यो ग्याप २२ दिन भन्दा कम भएमा मासिक स्राव लगत्तै ओभ्युलेशन हुन्छ । यो ग्याप केवल तीन वा चार दिनको हुन सक्छ । यसको अर्थ मासिक स्राव भएको अन्तिम दिन वा पाँचौं दिन यदि तपाईं विनासुरक्षा विधिविना नै यौन सम्पर्क राख्नुहुन्छ भने गर्भ रहने सम्भावना हुन्छ ।

मसिक स्रावको बेला यौन सम्पर्क गर्नु परेमा

एक सर्वेक्षणका अनुसार मासिक श्रावको बेला पुरुषहरूले कण्डम प्रयोग गर्न चाहँदैनन् वा रुचाउँदैनन् । यस्तो अवस्थामा दुवैलाई केही किसिमको संक्रमण हुने भय रहन्छ। त्यसैले यस क्रममा यौनसम्पर्क गर्दा कण्डम प्रयोग गर्नु उचित र सुरक्षित हुन्छ । (Source: Onlinekhabar)

मोटोपन नियन्त्रण गर्ने सजिलो काइदा

खासगरी अनुशासित जीवनशैली, स्वस्थ खानपानले मोटोपन नियन्त्रणमा सघाउ पुर्‍याउँछ । सुत्ने, उठ्ने, खाने तालिकालाई नियमित गर्नुपर्छ । यसरी अनुशासित र नियमित दिनचर्यामा आफूलाई अभ्यस्त गराएर मोटोपन नियन्त्रण गर्न सकिन्छ ।

यदि मोटोपन घटाउने हो भने केही शर्त बनाउनुपर्छ । उक्त शर्त पालना गर्नुपर्छ। धेरै समय पर्दैन, एक महिना यो प्रयोग गरेर हेरौं । एक महिमा पक्कै पनि तपाईंको तौल नियन्त्रण हुनेछ ।

पहिलो शर्त के भने, खानपानको तालिका व्यवस्थित गरौं । तर खानेकुरामा कटौती नगर्नुहोस् । बरु कुन समयमा के खाने र कति खाने भन्ने कुरा निर्धारण गरौं । सकेसम्म दिनमा चार वा पाँच पटक खाने गरौं । धेरै पटक खाँदा थोरै-थोरै खाइन्छ । यसले गर्दा खानेकुरा सजिलै पच्छ । बोसोको रुपमा जम्मा हुँदैन ।

ब्रेकफास्ट नछुटाउनुहोस् । ब्रेकफास्ट लिएपछि ओभर डाइटबाट बचिन्छ । खानपानको तालिका मिलाउन सकिन्छ । खानेकुरामा दाल, भात, तरकारी सबै सामेल गरौं तर चिल्लो, मसलेदार, भुटेको, बोसोयुक्त खानेकुरा सेवन नगरौं । बजारमा पाइने जङ्कफुड, फास्टफुडजस्ता खाना बेवास्ता गरौं । गुलियो खानेकुरा, मिठाईबाट बचौं । सकेसम्म आफ्नै भान्सामा पाकेको स्वस्थ, तेलरहित खानेकुरा सेवन गरौं ।

अझ सम्भव हुन्छ भने, उसिनेको खानेकुरामा जोड दिनुपर्छ । यो मोटोपन घटाउने प्रभावकारी उपाय हो । बिहान-बेलुकीको छाकमा उसिनेको तरकारी वा साग सेवन गरौं ।

हरेक छाकको खानामा सलाद, हरियो सागपातलाई महत्व दिनुहोस् । खानामा अन्नको भन्दा सलादको मात्रा बढी होस् । सलाद भरपेट खानुहोस् । यसमा काँक्रा, गाजर, मुला, चुकन्दर हुन सक्छ । मुला सर्वोत्तम हुन सक्छ । यससँगै दिनमा एक पटक ताजा फलफूल सेवन गरौं ।

पर्याप्त ग्रिन टी सेवन गरौं । दिनभरमा चार वा पाँच गिलास ग्रिन टी पिउनुहोस् । दिनभरि कम्तीमा तीन लिटर पानी पिउनुपर्छ । ताजा जुस, सर्वत पनि सेवन गर्न सकिन्छ। शरीरमा ठोस खानेकुराभन्दा  पानीको मात्रा बढी हुनुपर्छ।

उठ्ने र सुत्ने तालिका निर्धारण गरौं । सम्भव भएसम्म राति चाँडै सुतौं, आठ वा नौ बजेभित्र । शरीरलाई स्वस्थ राख्न पर्याप्त निन्द्रा लिनुपर्छ । सात वा आठ घण्टा मस्त निदाउनुपर्छ । बिहान चाँडै उठौं । उठ्नसाथ मनतातो पानी पिउनुहोस् ।

बिहान व्यायाम गर्ने, मर्निङवाक गर्नेजस्ता कुरालाई प्राथमिकतामा राखौं । बिहान कम्तीमा ४५ मिनेट व्यायाम गरौं । योग, ध्यान गर्न सके अझ राम्रो हुन्छ । दिनभर एकै ठाउँमा बसिरहने नगरौं । हिँडौं, लिफ्टको ठाउँमा भर्‍याङ उक्लिने गरौं ।

अनुशासित जीवनशैली अपनाउने अभ्यास गरौं । सही समयमा खाने, सही समयमा सुत्ने, सही समयमा व्यायाम गर्ने, सही समयमा शौच क्रिया गर्ने अभ्यास गरौं। (Source: onlinekhabar)


कोरोना भाइरस नेपाल: वुहानभन्दा धेरै दिन लकडाउन तर नेपालमा किन हुन सकेन सङ्क्रमण नियन्त्रण

नेपालमा कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै लगाइएको लकडाउन सोमवार ७७ औँ दिनमा पुगेको छ। वुहानमा ७६औँ दिनमा कोरोनाभाइरस नियन्त्रणमा आएर लकडाउन खोलिएको थियो।

जेठ महिनाको अन्त्यसम्मका लागि लगाइएको लकडाउन त्यसपछि केही खुकुलो बनाउने प्रस्ताव गरिएको भनिए पनि सरकारको निर्णय आएको छैन।

नेपालमा दोस्रो व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखिए लगत्तै लगाइएको लकडाउनले सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न उपयोगी बन्ला भनेर उक्त कदमप्रति कैयौँको भरोसा थियो।

तर झन् झन् सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि लकडाउनको औचित्यमाथि प्रश्न उठ्न थालेको छ।

सरकारले लकडाउन अवधिमा कोरोनाभाइरस रोकथामका लागि चाल्नुपर्ने कदम नचालेका कारण लकडाउनको अवधि अनिश्चित भएको र यसले आममानिसको दैनिक जीवनमा अर्को असर गर्न थालेको धारणा प्रकट हुन थालेको छ।

कोरोनाभाइरसको महामारी सुरु भएको चीनको वुहान सहरले कसरी साढे दुई महिनाको अवधिमा सङ्क्रमण नियन्त्रणमा लिन सक्यो र नेपालसँग रोकथामका लागि पर्याप्त समय हुँदा अझै किन अन्योल छ?

यसबारे विज्ञहरूले औंल्याएका पाँच कारण यस्ता छन्-

१.'प्रभावहीन' लकडाउन

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुन लकडाउन प्रभावकारी हुन नसकेको ठान्छन्।

उनका अनुसार लकडाउन भनेको निश्चित समय रोग सङक्रमण नहोस् भनेर रोकथामका उपायहरू चाल्न सजिलोका लागि लगाउने हो तर त्यो अवधिमा मानिसहरू स्वयम् सजग नभएको उनी बताउँछन्।

"हामीले वुहानमा लगाएको लकडाउन हेर्‍यौँ भने लकडाउनका बेला मानिसहरू न सहरबाट भित्र छिर्न पाउँथे न बाहिर निस्कन पाउँथे। सरकारको नियम पनि त्यहाँ कडा रह्यो र मानिसहरू पनि त्रासले भित्रै बसे। तर हाम्रोमा त्यस्तो हुन सकेन," डाक्टर पुनले भने।

"हाम्रो त यहाँ अरू बेला बन्द गरेको वा कर्फ्यू लगाएको जस्तो मानिसहरू साँझ बिहान हिँड्ने, सङ्क्रमण नहोस् भनेर सचेत नहुने गरेको देखियो।"

जनस्वास्थ्यविद् समीरमणि दीक्षितले पनि लकडाउन सुरुमा लगाउने सरकारको निर्णय निकै सकारात्मक भए पनि लकडाउनको समयको उचित उपयोग गर्न नसकेको बताउँछन्।

"लकडाउनका बेला हामीले उपत्यकाबाट बाहिरिने र भित्रिने मानिसको व्यवस्थापन गर्न सकेनौँ," उनले भने, "भारतबाट आउने मानिसहरूलाई पनि समयमै भित्र्याएर उनीहरूलाई व्यवस्थित तरिकाले घर पठाउन सकेनौँ।

सङ्क्रमण नियन्त्रणका लागि वुहानले चालेका कदमबारे हालै भएको अध्ययनमा पनि सबैभन्दा प्रभावकारी मानिस मानिसबीचको भौतिक दूरी र मास्कको प्रयोग भएको देखिएको दीक्षितले बताए।

२. स्रोतसाधन र जनशक्तिको अभाव

वुहान र नेपालको तुलना धेरै हदसम्म गर्न नसकिने विज्ञहरू बताउँछन्।

पहिलोपटक रोग देखिएर थुप्रै सङ्क्रमित अनि मृत्यु नै भएको वुहानले कसरी साढे दुई महिनामा नियन्त्रण गर्न सक्यो र नेपालले किन सकिरहेको छैन भन्ने विषय दाँज्न धेरै कुराले नसकिने उनीहरू बताउँछन्।

सङ्क्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी भन्छन्- रोकथाम र नियन्त्रणका लागि उनीहरूले जुन स्रोतसाधन र जनशक्तिको प्रयोग गरे त्यो हामीसँग छँदै छैन।

उनले भने, "सुरुमा डेढ दुई महिना उनीहरू पनि तयार देखिएका थिएनन्। तर त्यसपछि उनीहरूले चेते र पछिल्लो एक महिनामै उनीहरूले चाहँदा एक महिनामै नियन्त्रण गर्न सके।"

उनका अनुसार रोगको सङ्क्रमण नफैलियोस् भनेर वुहान सहर रहेको हुबे प्रान्तमा १८ सय वटा टोली खटाइएको थियो र प्रत्येकमा पाँच जना इपिडिमियोलोजिष्ट थिए।

"हाम्रोमा तलदेखि माथि बसेका मानिससम्ममा विज्ञानको साक्षरता पनि कम छ, जनस्वास्थ्यकर्मीलाई परिचालन राम्रोसँग गर्न सकिएको छैन," उनले भने, "उनीहरू कहाँ स्वास्थ्यकर्मी, भेन्टिलेटर, अक्सिजनलगायतका अत्यावश्यकीय सामग्रीको कमी छैन। चीन र हाम्रो अवस्था दाँज्न हुँदैन। उनीहरूले १ महिनामा गरेको कुरा हामीले १ वर्षमा पनि सक्दैनौं।"

३.परीक्षणको सुस्तता

वुहानमा परीक्षणका लागि सुरुमा कीटको अभाव भए पनि पछिल्लो महिना त्यसमा तीव्रता पाएपछि भने लकडाउन खुकुलो पार्न सक्ने स्थितिमा पुगेको विज्ञहरू बताउँछन्।

"सुरुमा परीक्षणका लागि उनीहरूलाई समस्या भए पनि पछि उनीहरूले त्यसको व्यवस्थापन गर्न सके। हामी भने अझै पनि परीक्षणको कमी र क्वारन्टीनकै विषयमा छलफल गरिरहेका छौं," डाक्टर समीरमणि दीक्षितले बताए।

यतिखेर देशभरमा एक लाख ७० हजार भन्दा बढिको सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा रहेका छन्।

तर क्वारन्टीनमा रहेका मानिसहरूको अनुपातमा उनीहरूको पीसीआर परीक्षण दर निकै कम भएकाले लकडाउनबारे अन्योल बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुखले डाक्टर पुनले बताए।

"लकडाउन लगाउने भनेर मात्रै हुँदैन। उताको नियम र यताको नियम अनि उताका मानिसको व्यवहार र यताका मानिसको व्यवहार पनि हेर्नुपर्छ," पुनले भने।

पीसीआर परिक्षणको दायरा बढाउन नसके अन्य उपायले खास प्रतिफल दिन नसक्ने विज्ञहरूले बताउँदै आएका छन्।

अहिलेसम्म ९६,००० को मात्र पीसीआर विधिबाट परीक्षण भएको छ।

द्रूत परीक्षण कीट आरडीटीबाट समेत भाइरस परीक्षणको काम गरिए पनि सक्रिय सङ्क्रमण थाहा पाउन त्यो उपयोगी नदेखिएको बताइएको छ।

सरकारले यसै साता कोरोना परीक्षणको नयाँ प्रोटोकल बनाएको छ।

तर उक्त प्रोटोकल अनुसार परीक्षणको दायरा झनै खुम्चिएको भन्दै यसले सङ्क्रमणका घटना थपिने विज्ञहरूले बताएका छन्।

४.'निष्क्रिय' सरकार

कोरोनाभाइरसका कारण लकडाउन गर्नुबाहेक सरकारले यसको सङ्क्रमण रोकथामका लागि अन्य परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, मानिसहरूलाई आइसोलेसन र क्वारन्टीनमा राख्नेलगायतका काम गर्न नसक्दा लकडाउन प्रभावकारी हुन नसकेको जनस्वास्थ्यविद् डाक्टर समीरमणि दीक्षितले बताए।

"लकडाउन लगाउने भन्ने त भयो तर त्यो अवधिमा हामीले अर्को साता के-के गर्नुपर्छ भनेर कार्ययोजना बनाउन सकेनौँ," उनले भने।

सरकारले अहिलेसम्म पनि कस्ता व्यक्तिलाई अस्पताल राख्ने कस्तालाई नराख्ने भन्ने निर्क्योल गर्न नसकेको उनले बताए।

चीनमा सुरुमा समस्या देखिए पनि पछि उसले व्यवस्थापन राम्रोसँग गरेको बताउँदै सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले नेपालमा व्यवस्थापकीय कमजोरीका कारण पनि लकडाउन लम्बिरहेको बताए।

"हाम्रो व्यवस्थापकीय कमजोरी असाध्यै धेरै छ," डाक्टर सुवेदीले भने।

५. कन्ट्याक्ट ट्रेसिङ

जापान, दक्षिण कोरिया, ताइवान जस्ता देशले बिना लकडाउन कोरोनाभाइरसको सङ्क्रमण रोकथामका लागि प्रयास गरिरहेका छन्।

त्यसका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको सम्भावित सङ्क्रमितको पहिचान र त्यसपछिको व्यवस्थापन भएको विज्ञहरू बताउँछन्।

"त्यहाँचाहिँ लकडाउन नै नभन्दा पनि मानिसहरू आफैँ सचेत हुने, बाहिर निस्कँदा मास्कको उचित प्रयोग गर्ने, अत्यावश्यक नभइ बाहिर नजाने गरे," शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डाक्टर पुनले भने, "अनि हाम्रोमा लकडाउन लगाए पनि मानिसहरू साँझ बिहान निस्कने गरे।"

चीनमा लकडाउन नै लगाइएका बेला पनि सम्भावित सङ्क्रमितको पहिचान मोबाइलमार्फत् कन्ट्याक्ट ट्रेसिङ गरेर उनीहरूको अवस्था हेरी आइसोलेशन र क्वारन्टीनमा राख्ने अनि सँगै परीक्षणको काम पनि गरिएको थियो।

"लकडाउनका बेला सकेसम्म धेरै सङ्क्रमितको पहिचान गर्न सके, उनीहरूलाई आइसोलेशनमा राख्न सके, अरू सम्पर्कमा आएका मानिसहरूलाई पनि क्वारन्टीनमा राखे, जनस्वास्थ्यकर्मीलाई खटाउने, कन्ट्याक्ट ट्रेसिङको काम पनि चाँडो भयो तर हाम्रोमा त्यो प्रभावकारी रूपमा हुन सकेको छैन," डाक्टर सुवेदीले भने।

Source: BBC Nepali