Mental Health (मानसिक स्वास्थ्य)


मानसिक स्वास्थ्य

विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको केवल शरीरमा रोग नहुनु मात्र होईन शारीरिक, 
मानसिक र सामाजिक हिसाबले पूर्ण रुपमा स्वस्थ रहेको आवस्था हो| यसर्थ शारीरिक पूर्ण स्वस्थतामा 
मानसिक स्वास्थ्याको अती  महत्वपूर्ण स्थान छ । मानसिक स्वास्थ्य मानिसको शरीरका विभिन्न अंगहरू मध्ये 
मस्तिष्कसँग सम्बन्धित छ । मानसिक रूपमा मानिस स्वस्थ भएपछि मात्र उसको शारीरिक स्वास्थ्य 
सन्तुलित रहन गई निरन्तर प्रगति र विकासको बाटोमा आफूलाई अग्रसर गराउन सक्षम हुन्छ । 
मानसिक रूपमा स्वस्थ हुनका लागि व्यक्तिमा देहाय अनुसारका कुराहरू विद्यमान हुनुपर्दछ ।
·भावनात्मक द्वन्द्वबाट विचलित नहुने गुण भएको,
·समयानुकूल अगाडि बढ्न सक्ने क्षमता, उत्पादनशील र फलदायी कार्य गर्ने क्षमता, अर्थपूर्ण 
 जीवनयापन गर्न सक्ने क्षमता, अरू व्यक्तिसँग अर्थपूर्ण सम्बन्ध राख्ने र निरन्तरता दिन सक्ने
 क्षमता भएको,
·कुनै प्रकारको मानसिक रोगको खास लक्षण नभएको ।
 

मानसिक रोग

 
मस्तिष्क मानिसको शरीरको एउटा महत्वपूर्ण अंग हो। यही अंगको सहयोगले मानिसले सोच विचार गर्ने,
जानकारी लिने, पहिचान गर्ने, योजना बनाउने, निर्णय लिने र काम गर्ने गर्छ । शरीरका अन्य अंगमा 
जस्तै मस्तिष्कमा पनि रॊग लग्न सक्छ। मस्तिष्कमा लाग्ने रोगले मानिसको मन, विचार भावना, बुद्धिमा प्रतिकूल 
असर पर्छ र मानसिक रोग देखा पर्दछ | 
प्रायः विश्व लगायत नेपालमा करीब 10 प्रतिशत मानिसहरू कुनै न कुनै मानसिक रोगबाट पीडित भएको पाइन्छ । 
यसर्थ मानसिक रोगको बाहुल्यता समाजमा व्यापक छ भन्ने बुझिन्छ । मानसिक रोगमा पनि उदासीपनको 
(Depression) रोगले धेरै स्थान ओगटेको छ | यसले मानिसको शारीरिक, पारिवारिक, सामाजिक र आर्थिक 
पक्षमा नकारात्मक असर गरेको छ |
 

मानसिक  कारण 

मानसिक रोग प्रायः वंशानुगत कारणले लाग्दैन । मष्तिष्कमा संक्रमण, चोटपटक, रक्त संचारको कमीरक्तश्रावट्यूमर भएमा, घरायसी वातावरण अनुकूल नभएमा, औषधीको प्रतिकूल असर, आफूले सोचे जस्तो नभएमा र मदिरा सेवन तथा शारीरिक रोगले मस्तिष्कमा नराम्रो असर परेमा मानसिक रोग लाग्छ ।

 

मानसिक रोगका लक्षण

 
मानसिक रोग लागेको व्यक्तिहरू स्वस्थ जस्तै देखिएता पनि गहिरिएर सोधपुछ, जाँच र व्यवहार 
अवलोकन गर्दा रोगले पीडित देखिन्छन्‌ । व्यक्तिको व्यवहार, विचार, भावना, निन्द्रा, सम्झना, अनुभूति 
आदिमा परिवर्तन आउनु मानसिक रोगका प्रमुख लक्षण हुन्‌, मानसिक रोग खासगरी उदासीपनको 
(Depression) केही मुख्य मुख्य लक्षणहरू देहाय बमोजिम छन्‌:
·दुखित र निराश मनस्थिति हुने,
·थकाई महसुस हुने,
·कुनै कुरामा चाख नहुने र ध्यान दिएर गर्न नसक्ने,
·खुशी हुनुपर्ने कुरामा खुशी हुन नसक्ने र
·बाँच्नु बेकार छ भन्ने जस्ता भावना उत्पन्न हुने ।
 

मानसिक रोगको रोकथामका उपायहरू:

·बालबालिकाहरूलाई नैतिक, भौतिक र आध्यात्मिक शिक्षा, आचरण तथा वातावरणमा हुर्काउने,
·पारिवारिक र सामाजिक परम्परा, संस्कृति सिकाउने र तिनका असल
     लगाउने,
·किशोर किशोरीहरूलाई समयमै उचित यौन शिक्षा प्रदान गर्ने, अभिरूची अनुसारको विषय रोज्न 
     दिने र घर व्यवहारमा सहभागी गराउने,
·शरीरमा अन्य रोग तथा टाउकोमा चोटपटक लाग्नबाट बच्ने,
·गर्भवती महिलालाई पौष्टिक खाना खान दिने, खुशी तथा सुखी राख्ने,
·गर्भवती महिलालाई स्वास्थ्यकर्मीको सल्लाह बेगर कुनै पनि औषधी खान नदिने,
·बच्चालाई ६ महिनासम्म आमाको दूध मात्रै खुवाउने, जन्मेको १ वर्षभित्रै पूरा खोप लगाउने, 
      स्वस्थ, निर्भय तथा मायालु वातावरणमा हुर्काउने,
·परिवार तथा समाजमा घुलमिल हुने तथा साथीभाइसँग खेल्ने,
·अन्न, सागसब्जी, दूध, माछा, मासु, अण्डा जस्ता पोषिलो र सन्तुलित खाना खाने,
·शारीरिक तथा मानसिक अभ्यास तथा योगा नियमित गर्ने,
·आराम र निन्द्राको लागि निश्चित समयमा सुत्ने र निश्चित समयमा उठ्ने जस्ता कुराहरूमा 
     ध्यान दिए मानसिक रोग, रोकथाम हुन सक्छ ।
 
आफ्नो घर परिवारमा कसैलाई मानसिक रोगको लक्षण ढेखा परेमा तुरुन्तै 
नजिकको स्वास्थ्य संस्था वा चिकित्सककोमा लगी जचाउनुहोस्‌ ।
 

मानसिक रोग र उसका परिवारलाई सल्लाह

·मानसिक रोग कुनै पूर्व जन्मको फल, भूतप्रेत, बोक्सीको कारणले लाग्ने रोग होइन । मानसिक 
     रोगीलाई समयमै स्वास्थ्य संस्थामा लगी उपचार गराउँदा अरू रोगी जस्तै निको हुन्छन्‌ ।
·मानसिक रोगीलाई अपहेलना, तिरस्कार र बेवास्ता गर्नु हुँदैन, सहानुभूति र सम्मानपूर्ण व्यवहार 
     गर्नुपर्छ ।
·आत्मविश्वास बढाउन, मानसिक रोगीले सक्ने काम गराउनुपर्छ, व्यक्तिगत सरसफाई र पोषिलो 
    खानामा ध्यान दिनुपर्छ |
·हातहतियार र औषधी रोगीले नभेट्ने ठाउँमा राख्नुपर्छ ।
·मानसिक रोगीलाई नजिकको स्वास्थ्य संस्थामा जचाउने र चिकित्सकको सल्लाह अनुसार 
    नबिराईकन नियमित औषधी सेवन गर्न प्रोत्साहित गर्नुपर्दछ ।

No comments:

Post a Comment

if you have any doubts, please let me know