शारीरिक गतिविधिको अभावमा मृत्युदर बढ्दो–अध्ययन

शारीरिक गतिविधिको अभावमा मृत्युदर बढ्दो–अध्ययन



द लान्सेट ग्लोबल हेल्थमा प्रकाशित एक नयाँ अध्ययनअनुसार विश्वभरमा हरेक वर्ष कम्तीमा ३ दशमलव ९ मिलियन अर्थात् ३९ लाख व्यक्तिको मृत्यु समयभन्दा अगाडि नै हुने गरेको छ । रोग वा शारीरिक समस्याका कारण उनीहरू पूरा आयु बाँच्न पाउँदैनन् । आखिर किन यतिका मानिसको मृत्यु समयअघि नै हुन्छ ?

बेलायतका एडिनबर्ग विश्वविद्यालयका शोधकर्ता डा. पाल केलीले भनेका छन्, ‘यस कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ कि खराब जीवनशैली, शारीरिक गतिविधिको कमी, खराब आहार, मदिरापान, धुम्रपानले स्वास्थ्यलाई कमजोर बनाउँदैछ ।’ खासगरी खराब जीवनशैलीकै कारण अहिले धेरैजसो रोगी भएका छन् र समय अगावै हुने मृत्युदर कहालीलाग्दो ढंगले बढ्दो छ ।

उनीहरूको यस अध्ययनमा के पाइयो भने जो व्यक्ति शारीरिक रुपले सक्रिय छन्, उनीहरूको मृत्युको अनुपात कम थियो ।

अध्ययन टोलीले १ सय ६८ मुलुकको यसअघि नै प्रकाशित आँकडालाई मूल्याङ्कन गरेको थियो । आँकडा विश्लेषणबाट उनीहरूले के पाए भने, जुन व्यक्ति शारीरिक गतिविधिमा सक्रिय छन् उनीहरूमा समयभन्दा अगाडि नै मृत्यु हुने जोखिम कम थियो । शारीरिक रुपमा सक्रिय हुनेहरूमा समयअघि नै मृत्यु हुनेको संख्या औसत १५ प्रतिशत कमी थियो । यसमा महिलाको संख्या १४ प्रतिशत र पुरुषको १६ प्रतिशत थियो । यसको अर्थ शारीरिक गतिविधि वा व्यायामले प्रतिवर्ष लगभग ३ दशमलव ९ प्रतिशत अर्थात् ३९ लाख व्यक्तिको जीवन बाँच्छ ।

निष्कर्षमा के पनि देखियो भने कम आय भएका मुलुकमा यो औसत १८ प्रतिशत र उच्च आय हुने देशका लागि औसत १४  प्रतिशत थियो ।  ब्रिटेनका क्याम्ब्रिज विश्वविद्यालयको स्टडी रिसर्चर टेसा स्ट्रेनले भनेका छन्, ‘चाहे त्यो खेल होस् वा जिम या त तीव्र रुपमा हिँड्नु नै । यसले समयभन्दा अघि हुने मृत्युदर रोक्न सहयोग गर्नेछ ।’

विश्व स्वस्थ्य संगठनले सातामा कम्तीमा १५० मिनेट मध्यम–तीव्रतायुक्त एरोबिक गतिविधि गर्न सुझाव दिएको छ । वा ७५ मिनेट जोडदार–तीव्र शारीरिक गतिविधि गर्न सिफारिस गरेको छ। (Source: onlinekhabar)

No comments:

Post a Comment

if you have any doubts, please let me know