उच्च रक्तचापको रोकथाम तथा नियन्त्रणबारे जानकारी

उच्च रक्तचापको रोकथाम तथा नियन्त्रणबारे जानकारी 

परिचय :

मुटुबाट रगत पम्प भएर शरीरका सम्पूर्ण भागहरूमा सञ्चार हुने क्रममा रगतले रक्तनलीको लचकताले एक प्रकारको चाप 
पैदा गर्दछन त्यसैलाई नै रक्तचाप भनिन्छ। 
मुटु र रक्तनलीका रोगहरुमध्ये उच्च रक्तचाप सबै भन्दा बढी देखिने समस्या हो । विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण-पूर्वी 
एसियाली क्षेत्रमा प्रत्येक ३ वयस्कमध्ये १ जनामा उच्च रक्तचाप भएको तथ्यांक पाइन्छ । मानिसको उमेर वृद्धिसँगै उच्च 
रक्तचापको जोखिम पनि वृद्धि हँदै जान्छ । नसर्ने रोग जोखिम तत्व सर्भे २००८ का अनुसार हाम्रो देशमा १० बर्ष भन्दा 
माथिका २१.५ प्रतिशत वयस्कहरूलाई उच्च रक्तचापको समस्या देखिएको छ ।

उच्च रक्तचापका लक्षणहरू :

आधा भन्दा बढी उच्च रक्तचापका बिरामीहरूमा उच्च रक्तचापको कुनै लक्षण नदेखिन सक्छ । लक्षण भए वा नभए 
पनि उच्च रक्तचापको उपचार तथा नियन्त्रण गर्नुपर्दछ । अन्यथा मस्तिष्क, मुटु, मृगौला तथा आँखा जस्ता महत्वपूर्ण 
अंगहरूमा क्षति पुग्न  गई मानिस अपाङ्ग हुने तथा ज्यानै समेत जान सक्ने हुन्छ ।
उच्च रक्तचापका केही प्रमुख लक्षणहरू यस प्रकार हुन सक्छन्‌ :
  • टाउको दुख्ने 
  • झुम्म हुने,
  • छाती दुख्ने,
  • स्वास फेर्न अपठ्यारो हुने,
  • नाकबाट रगत बग्ने 
  • आँखा धमिलो हने ।

उच्च रक्तचापबाट हुने असरहरू :

 मुटुमा : हृदयघात, मुटु फुल्ने, मुटुले आवश्यकता अनुसार कार्य गर्न नसक्ने, रक्तनली फुट्ने ।
 दिमागमा : रक्तनली फुटने, पक्षघात हुने ।
 मृगौलामा : सुन्निने, काम नगर्ने ।
 आँखामा : रगत बग्ने,अन्धोपना हुने र अकस्मात मृत्यु पनि हुनसक्छ ।

उच्च रक्तचापका कारक तत्त्वहरू :

याद राख्नुहोस्‌, बिना कुनै कारण पनि उच्च रक्तचाप हुन सक्छ तर पनि उमेर, लिँग, वंशाणुगत, माटोपना,
अस्वस्थ खानपान, व्यायामको अभाव र धुम्रपान तथा सूर्तिजन्य पदार्थहरूको सेवन उच्च रक्तचापको कारण हुनसक्छ ।

उच्च रक्तचापको रोकथाम तथा उपचार :

उच्च रक्तचाप हुनुमा हाम्रो दैनिक जीवनशैली र क्रियाकलापको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले यो उच्च रक्तचापबाट 
बच्नको लागि दैनिक जीवनशैली र क्रियाकलापमा परिवर्तन ल्याई सक्रिय बनाउनु पर्छ । समग्रमा उच्च रक्तचाप रोकथाम र 
नियन्त्रणका लागि निम्न कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ :
१. दैनिक पाँच ग्राम भन्दा कम नुन खाने :
   शरीरको लागि अत्यावश्यक लवण तत्त्व नुन थोरै भए पनि पुग्छ । एउटा स्वस्थ व्यक्तिले प्रतिदिन ५ ग्राम भन्दा बढी नुन 
   खान हुँदैन । नुनले रक्तचाप वृद्धि गर्ने भएकोले उच्च रक्तचाप भएका बिरामी, मुटुरोगी एवं मधुमेहका रोगीहरूले दिनमा 
   ४ ग्राम भन्दा बढी नुनको प्रयोग गर्नु हुँदैन । अत्याधिक मात्रामा नुन हुने खानेकुराहरु जस्तै पापड, ससेज, सस, शिशीको 
   अचार, दालमोठ, भुजिया, तथा टिनको बट्टामा हुने खानेक्राहरू सकेसम्म कम खानुपर्दछ । खानामा नुन छर्केर वा थपेर 
   खाने बानी गर्नु हुँदैन ।
२. चिल्लो र बोसोयुक्त खानेकुरा कम खाने, सके नखाने :
   तेलमा डुबाएका वा भुटेका खानेकुराहरु,रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज जस्ता चिल्लो र बोसोयुक्त 
   पदार्थहरू सकेसम्म कम खानु पर्छ ।
३. सन्तुलित खाना जस्तै : कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, भिटामिन र खनिज पदार्थ पाइने खानाहरू खाने र प्रशस्त 
   मात्रामा सागसब्जी तथा फलफूल खाने ।
४. शरीरको तौल बढी भए घटाउने र स्वस्थ तौल कायम राख्ने :
   मोटोपना भएका मानिसहरूमा उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ । त्यसैले शरीरको तौल सन्तुलित राख्न अत्यावश्यक 
   छ । 
   उदाहरणको लागि तपाईं आफ्ने उचाइलाई सेन्टिमिटरमा नापनुहोस्‌ अनि त्यसबाट १०० घटाउनुहोस्‌ त्यसबाट आएको परिणाम 
  नै तपाईंको सही तथा ठीक वजन हुनेछ । यसको १० प्रतिशतसम्म तलमाथि भएसम्म सामान्य मानिन्छ । जस्तै कसैको उचाइ 
  १६० सेन्टिमिटर छ भने उसको सही वजन ६० के.ज. हुन्छ । यसको १० प्रतिशत अर्थात्‌ ६ के.जी. तलमाथि (५४ के.जी
  देखि ६६ के.जी.) भएसम्म पानि सामान्य मान्न सकिन्छ ।
५. तनाव मुक्त रहने वा घटाउने ।
६. नियमित व्यायाम गरी शारीरिक र मानसिक रूपमा सक्रिय रहने :
   हरेक मानिसले प्रत्येक दिन कम्तिमा आधा घण्टा । सक्रिय खालका कुनै न कुनै व्यायाम गर्ने जस्तै : हिँड्ने, दगुर्ने, 
   पौडी खेल्ने, डोरी खेल्ने, साइकल चलाउने, उच्च रक्तचापबाट बच्न हिँड्नु नै सबैभन्दा राम्रो र सरल व्यायाम हो । 
   नियमित व्यायाम गर्ने उच्च रक्तचामका व्यक्तिहरूमा औषधीले समेत राम्ररी काम गर्ने गरेको तथ्य प्रमाणित भएको पाइएको 
   छ।
७. घुमपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्ने र त्याग्ने :
 धुम्रपान गर्ने वा सूर्तिजन्य पदार्थहरूको सेवन गर्ने व्यक्तिहरूमा उच्च रक्तचाप तथा यसका जटिलता हुने सम्भावना धेरै हुन्छ । 
 अत: यस्ता हानिकारक वस्तुहरूको सेवन कदापि गर्नु हँदैन । यदि उच्च रक्त चाप भएका व्यक्तिहरूमा यस्तो अम्मल छ भने
 पनि यसलाई चटक्कै र तुरुन्त छोड्नु पर्छ ।
८. जाँड,रक्सी जस्ता मादक पदार्थ हानिकारक वस्तुहरू सेवन नगर्ने ।
९. वयस्क व्यक्तिहरूले नियमित रूपमा हरेक वर्ष कम्तीमा एक पटक रक्तचापको जाँच गराउने र रेकर्ड राख्ने
१०. उच्च रक्तचाप भएमा स्वास्थ्यकर्मीको सल्लाहमा दैनिक नछुटाइकल औषधी खाने :
  उच्च रक्तचाप भएका व्यक्तिहरुका लागि औसधिको कुनै विकल्प छैन । त्यस्ता व्यक्तिहरूले स्वास्थ्यकर्मीले सिफारिस 
  गरेबमोजिम दैनिक नछुटाइकन औषधी खाने गर्नुपर्छ । 
  औषधी खाएन भने उच्च रक्तचापको नकारात्मक असर : पक्षघात, हृदयघात, मृगौलाले काम नगर्ने, अकस्मात 
  मृत्यु समेत हुन सक्छ । उच्च रक्तचाम भएका व्यक्तिले दैनिक नियमित औषधी खाने, स्वास्थ्यकर्मीसँग नियमित 
  शारीरिक र रक्तचाप जाँच गराउनु पर्छ । यदि उच्च रक्तचाप नियन्त्रणमा छ भने तपाईं अन्य व्यक्ति सरह सामान्य 
  जीवन बिताउन सक्नुहुन्छ ।
११. स्वास्थ्यकर्मीको सल्लाह बमोजिम नियमित रूपमा शारीरिक जाँच र रक्तचाप जाँच गराउने वा फलोअपमा जाने ।

No comments:

Post a Comment

if you have any doubts, please let me know